आइपीएलः दिल्लीले पायो १६७ रनको लक्ष्य, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए ।

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे ।

यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए । केही बेरमा सन्दीप आवद्ध दिल्लीले जवाफी ब्याटिङ गर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: