दैलेख केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, चैत १९ । दैलेख केन्द्रबिन्दु भएर सोमबार राति भूकम्प गएको छ। राति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । राति साढे ८ बजेतिर सुरु भएको हावाहुरी करिब आधा घण्टा चलेको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: