आर्सनल चढ्यो तेस्रो स्थानमा

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल तेस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई २–० ले पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ।

आरोन राम्सीले ३० औ मिनेटमा गोल गर्दै लण्डन क्लबलाई अग्रता दिलाएका थिए। ८३ औ मिनेटमा एलेक्सान्ड्रे लाकाजेट्टीले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाए। दुबै गोल आर्सनललाई महत्त्वपूर्ण तीन अंक जोड्न पर्याप्त भयो। तेस्रो स्थानमा पुगेसँगै आर्सनलले टोटनह्यामको बर्चस्वको अन्त गर्यो। गत फेब्रुअरीमा आर्सनल टोटेनह्याम भन्दा १० अंकले पछि थियो।

याे पनि पढ्नुस  Premier League: आर्सनलकाे लगातार दाेश्राे जीत

तर पछिल्लो महिना खराव प्रदर्शनको सिकार भएपछि टोटनह्यामको शिर्ष चारनै संकटमा परेको छ। लीगमा सात चरणका खेल हुन बाँकी छ। आर्सनलले ३१ खेलबाट ६३ अंक जाडेको छ। टोटेनहमको ६१ अंंक छ। न्यु क्यासल ३५ अंकसहित तालिकाको १३ औ स्थानमा छ। आर्सनलको जितले शीर्ष चार भित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने टोलीको संघर्षलाई थप रोमाञ्चक मोडमा पुगेको छ।

याे पनि पढ्नुस  आर्सनलले सहजै नापोलीलाई हरायो

कमेन्ट गर्नुहोस्