रोकिएन टिपर आतंक, प्राध्यापकको मृत्यु

काठमाडौं, चैत १९ । टिपरले ठक्कर दिँदा एक प्राध्यापकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिक लु २ ख २२२५ नम्बरको टिपरले ठक्कर दिँदा लु २२ प ४९७९ नम्बरको मोटरसाइकलमा सवार डोलराज अर्यालको ज्यान गएको हो ।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार राति उनको मृत्यु निधन भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । देवदहकाअर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषय प्राध्यापन गर्थे।

कमेन्ट गर्नुहोस्