‘को बन्छ करोडपति ?’को सेटमा भद्रगोल टिम

काठमाडौं, चैत १९ । चर्चित नेपाली हाँस्य टेलिचलचित्र ‘भद्रगोल’का टिम यो साता ‘को बन्छ करोडपति खेल्न को बन्छ करोडपतिको सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने ‘को बन्छ करोडपति’को भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका हुन् ।

याे पनि पढ्नुस  भद्रगोलका पाँडेको चरित्रप्रति पाण्डे समाजको आपत्ति (विज्ञप्तिसहित)

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले ‘को बन्छ करोडपति’मा गेम खेलेको भद्रगोल परिवारले बताए । क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेनदेखि लिएर विभिन्न शोहरु गरिरहेका छन् ।

राजेश हमालसंग ‘को बन्छ करोडपति’ खेलेपछि आफ्नो अनुभव शेयर गर्दै कुमार कट्टेल जिग्री भन्छन्, ‘त्यो हट सिटमा बसेपछि आफ्नै नाम के हो भन्ने नै बिर्सिदोँ रहेछ ।’ यसैमा अर्जुन घिमिरे पाँडे थप्छन्, ‘मैले त ५ पटक जति त महानायक राजेश हमालको अनुहारमा बाघ देखेँ ।’

याे पनि पढ्नुस  ‘भद्रगोल’ की रक्षाले भनिन्, ‘जिग्रीले मेरो माया होइन, घृणा चाहिँ पाउँछ’

‘को बन्छ करोडपति’को सेटबाट कति पैसा जितियो त ?

यस बारेमा थाहा पाउनका लागि भिडियोमा क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्