साताको पहिलो दिन नेप्से परिसूचक थामियो

काठमाडौं, चैत १९ । शेयरबजार बढ्ने क्रम साताको पहिलो दिन आइतबार थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत ०.१२ विन्दुले घटेर २४३.३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १६५ कम्पनीको ९ लाख ५० हजार ६ सय ४३ कित्ता सेयर २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका १० उपसमूहमध्ये आइतबार तीन उपसमूहको मात्रै सेयर बढेको छ भने सात उपसमूहको शेयर मूल्य घटेको छ । बैंकिङ ०.२२, उत्पादन ३२.७ र अन्य २.८९ विन्दुले बढेको छ । यस्तै होटल २.७१, विकास बैंक १.३२, जलविद्युत् २.५८, वित्त १.५८, निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४ र जीवन बीमा ५२.९३ विन्दुले घटेको छ ।

स्टकका अनुसार बैंक अफ काठमाडौँको २ करोड १२ लाख ४३ हजार ५ सय ८० रुपैयाँ बराबरको कारोबार भयो । प्रभु बैंकको १ करोड ५४ लाख ३७ हजार २ सय ६७ रुपैयाँमा, शिवम् सिमेन्टको १ करोड ६ लाख ४ हजार ५ सय ४१ रुपैयाँ, नागरिक लगानी कोषको ९८ लाख १ हजार २ सय ८७ रुपैयाँ, एनआईसी एसियाको ९७ लाख ६४ हजार ३ सय ६५ रुपैयाँमा सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

अरुण कावेली पावरका लगानीकर्ताले ४.५५ प्रतिशतले कमाउँदा मल्टिपर्पोज फाइनान्स कम्पनी ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.१३, सिनर्जी पावरका सेयरधनीले २.९७ प्रतिशतले कमाए । स्टकका अनुसार यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.४९, राधी विद्युत् कम्पनी ५.६१, मिर्मिरे लघुवित्त वित्तीय संस्था ३.६३, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३।०३ प्रतिशतले गुमाएका छन् । कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: