तरिका हो ? हिट हुनुको रहस्य यस्तो छ

काठमाडौं, चैत १९ । नेप ग्याज्मका डोरेस खतिवडा र सरोज भण्डारी यसरी बने कमेडियन

मनोरञ्जनको क्षेत्रमा पछिल्लो समय हाँस्य व्यङ्ग्यको प्रभाव र माग उच्च छ । हाँस्य व्यङ्ग्यमा लागेका टिमहरुले निर्माण गरेको सिनेमाले पछिल्लो समयमा नेपाली सिनेमा इतिहासमा सर्वाधिक कमाउनु तथा टेलिभिजन, युट्युवमा पनि यस्ता खालका सामाग्रीहरु धेरै हेर्नु यसका उदाहरण हो ।

यसै मेसोमा युवा जमात पनि हास्यव्यङ्ग्यमा नयाँ प्रयोग गर्न लागिपरेका छन् । पछिल्लो समयमा युट्युवमा नेप ग्याज्म नामक युवा समूहहरु आफ्नो हाँस्य व्यङग्य क्षमता प्रस्तुत गरिरहेका छन् । विगत १ वर्षदेखि यो टिमले विभिन्न व्यङ्ग्यात्मक भिडियो सामाग्रीहरु तयार पारेर सार्वजनिक गर्दै आएका छन् । यस्ता भिडियोको युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तरिका हो ? झापाली निकै चर्चामा रहेका छन् ।

यसै सन्दर्भमामा हामीले तरिका हो अर्थात् डोरेस खतिवडा र झापाली अर्थात् सरोज भण्डारीसंग हामीले केही कुराकानी गर्ने मौका पाएका छौं । झापा घर भएका सरोज र खोटाङ दिक्तेलका डोरेस हाल भक्तपुर बालकोटमा संगै बस्ने गर्दछन् । दुवै कमेडियनसँगै भन्ने हाम्रो प्रश्नमा डोरेस भन्छन्, ‘खासमा बाल्कोटमा ३ जना कमेडियन बस्ने हो । एकजना चाही अचेल बालुवाटारतिर सरेको छ।’ हाँसो ।

व्यङ्ग्यात्मक प्रहार गर्न निकै सिपालु यी युवाहरु डोरेस विज्ञानका विद्यार्थी हुन् । उनले जियोलोजीमा ब्याचलर गरेका छन् भने सरोज भण्डारीले आइटीमा ब्याचलर। पढाईमा राम्रै स्थानमा रहेका डोरेस र सरोजसंग हामीले कसरी यो विधामा आउनु भयो भनेर सोधेका थियौं । उनीहरु भन्छन्, हामीलाई बेरोजगारीले कमेडियन बनायो । ब्याचलरको परीक्षा दिएपछि हामी पुर्णरुपमा बेरोजगार भयौं । हाम्रो काम भनेको दिनभरि चिया पसलमा बसेर गफ गर्नेमात्रै भयो । त्यही चियाँ पसलमा बसेर हामीले धेरै कुराहरु निरिक्षण र बुझ्न पायौं । फुर्सद भएपछि हामीले हाम्रो सिर्जनशिलता यतातिर लगायौँ र हाम्रो एउटा टिम बन्यो।

तपाईँहरुले बनाउने कमेडी भिडियोमा ज्यादा अश्लिलता र द्धिअर्थी भनाईहरु राखिएको पाइन्छ, यस्लाई के भन्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनीहरुले यस्तो जवाफ दिएका छन् ।

भिडियोमा उनीहरुले आफ्नो पारिवारिक अवस्था देखि लिएर आफ्नो कमेडीलाई मदनकृष्ण श्रेष्ठले दिएको प्रतिक्रिया समेत उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: