आँधीहुरी प्रभावितलाई प्रदेश ३ सरकारको १ करोड सहयोग, हेटौंडा सांसदले पनि ३ दिनको तलब दिने

काठमाडौं, चैत १९ । प्रदेश नं. ३ सरकारले बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

अस्थायी मुकाम हेटौडामा आज बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक सहयोगको निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंंगेलले जानकारी दिए । मन्त्रिपरिषद्ले घटनाप्रति दुःख ब्यक्त गरेको छ । यस्तै प्रदेश सभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १ सय ९ सदस्यबाट ३ दिनको तलव सहयोग गर्ने निर्णय गरेको कांग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।

सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारको प्रदेशसभामा जानकारी गराउने र तलबबाट सिधै काटेर सहयोग गर्ने निर्णय गरेको हो । सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै अधिकाशं सदस्यले घटनाप्रति दुख व्यक्त गर्दै प्रदेश सभा र सरकारले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै प्रतिनिधिसभाका सांसद एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आधा महिना बराबरको तलब हावाहुरी पीडितलाई उपलब्ध गराउने बताएका छन् । पीडितलाई राहत, उद्धार तथा पुनस्थापनाका लागि सक्रियरुपमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिदै संयोजक भट्टराईले आर्थिक सहयोगको लागि समेत अपिल गरेका छन् । पार्टीको केन्द्रिय खातामा जम्मा हुने सो रकम प्रदेश २ का मुख्यमन्त्रीको राहतकोषमा पठाउने उनको भनाई छ । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: