वीरेन्द्र नगरपालिकाको मुख्य सडकमै सवारी पार्किङ अस्तव्यस्त

सुर्खेत, चैत १९ । वीरेन्द्रनगर नगरपालिकाको मुख्य सडकमै सवारी चालकले मनलाग्दी पार्किङ गर्ने गरेका छन् । नगरपालिकाले पार्किङ क्षेत्रको व्यवस्थापन गर्न नसक्दा सवारी चालकले सडक क्षेत्रमै पार्किङ गर्नुपरेको हो ।

हालसम्म पार्किङ क्षेत्र नबन्दा प्रदेश राजधानीका रुपमा स्थापित शहरको सौन्दर्य कुरुप बन्दै गएको छ । मुख्यबजार क्षेत्रको दायाँबायाँ यातायातका साधन पार्किङ गरिँदा व्यवसायीदेखि पैदलयात्रीले समेत सास्ती झेल्नुपरेको छ ।

याे पनि पढ्नुस  कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख

वीरेन्द्रनगर–६ का व्यवसायी सौगात ढुंगानाले नगरपालिकाको उदासिनताका कारण बजारक्षेत्र अस्तव्यस्त बनेको गुनासो गरे। ट्राफिक प्रहरीले बजार प्रवेशद्वार मङ्गलगढी चौकमा अस्थायी बसपार्क सञ्चालनमा आउँदा सवारी व्यवस्थापनमा समस्या देखिएको जनाएको छ । मङ्गलगढीचोक, बीचबजार, नेताचोक लगायतमा क्षेत्रमा सवारी चाप बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अस्थायी रुपमा सडक किनारामै सवारी पार्किङको व्यवस्थापन गरेको थियो । तर, वर्षौँ बित्दा पनि नगरपालिकाले उचित पार्किङ स्थल बनाउन सकेको छैन ।

याे पनि पढ्नुस  १५ हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर क्षेत्रीले बढ्दो सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको बताए । ट्राफिक प्रहरीका अनुसार वीरेन्द्रनगरभित्र दैनिक करीब २५ हजार सवारीसाधन सञ्चालनमा आउने तथ्याङ्क छ ।

नगरप्रमुख देवकुमार सुवेदीले फुटपाथ र पार्किङ क्षेत्र व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग मिलेर नगरपालिकाले योजना बनाएको जानकारी दिए ।

याे पनि पढ्नुस  सुर्खेतमा बस दुर्घटनाः दुइको मृत्यु, ५० घाइते, १२ जनाको अवस्था गम्भीर

नगरपालिकाको आफ्नै जग्गा नहुँदा पार्किङ क्षेत्र तोक्न समस्या भएको उल्लेख गर्दै उनले भने, “उपत्यका नगर विकास समितिसँग जग्गा उपलब्ध गराउन समन्वय गरिरहेका छौँ ।” रासस

कमेन्ट गर्नुहोस्