३ महिनादेखि मस्तिष्क मृत्यु भएकी महिलाले जन्माइन जिवित बच्चा

काठमाडौं, चैत १९ । ३ महिना अघिदेखि मस्तिष्क मृत्यु भएकी एक २६ वर्षिया महिला खेलाडीले पोर्चुगलमा बच्चालाई जन्म दिएकी छन् । लगत्तै उनको मृत्यु भएको छ । डिसेम्बरदेखि नै महिलाको ब्रेन डेथ अर्थात मस्तिष्क मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रियस्तरको खेलाडी रहेकी क्याथरिना सेकेरालाइ गत डिसेम्बरमा तीव्र दमको समस्या देखिएको थियो । त्यही बेला चिकित्सकले उनलाइ ब्रेनडेथ भएको घोषणा गरेका थिए ।

बिहीबार ३२ हप्ताको गर्भपछि बच्चाको जन्म भएको छ र उनको नाम स्लवाडोर राखिएको छ । उनी अहिले नियोनेटल अस्पतालको निगरानीमा छन। सेकेरा निकै प्रभावशाली नेभिगेटर थिइन् । तर, उनी सानैदेखि दमको विरामी थिइन् । पछिल्लो पटक दमले च्याप्दा उनी गर्भवती थिइन् । त्यसको केही दिनमा उनको ब्रेनडेथ भएको थियो । उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखियो, ताकी उनको गर्भमा हुर्किएको बच्चा जीवित रहोस् ।

चिकित्सकहरुका अनुसार शुक्रबारसम्म डेलिभरीका लागि पर्खिने योजना थियो । किनकी शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो । तर, सेकेराको अवस्था बिग्रिएपछि बिहीबार नै डेलिभरी गराइएको छ ।

अस्पतालका अनुसार सेकेराको गर्भमा हुर्किरहेको बच्चालाई जीवितै राख्ने निर्णय परिवारको सल्लाहमै लिइएको थियो । बीबीसीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: