रिक्त रहेका न्यायाधीश पदका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं, चैत १९ । न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्तिका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

परिषदको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि प्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको हो । ढुंगाना पाटन र र माथेमा सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीश रहेका छन् ।

सिफारिसमा परेका रेग्मी वरिष्ठ अधिवक्ता तथा फुँयाल र शर्मा अधिवक्ता रहेका छन् । सिफारिसमा परेका न्यायाधीशहरुको नाम संसदीय सुनुवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यस्तै न्याय परिषद बैठकले उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति तथा पदस्थापनाका लागि १७ जनाको नाम सिफारिस गरेको छ । १७ मध्ये न्याय सेवाबाट ३, अतिरिक्त न्यायाधीशतर्फबाट १, जिल्ला न्यायाधीशतर्फबाट ६ र अधिवक्ताको तर्फबाट ७ जनाको नाम सिफारिस गरिएको छ । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: