कसैलाई दोब्बर, कसैले नपाउनेः राहत वितरणमा न्याय गर्न नेता आचार्यको माग

बारा, चैत १९ । प्रदेश नं.२ का केही जिल्लामा विभिन्न सरकार र संस्थाहरुले राहत वितरण गरेपनि गरीब र पहुँच नपुगेका जनतामा त्यो पुग्न सकेको छैन ।

बाराका हावाहुरी प्रभावित बस्तीहरुमा उद्धारका लागि पुगेका नेकपा नेता जीवन आचार्यले राहत वितरणमा एकरुपता नभएको बताए ।

‘कसैले दुई तीनपटक पाउने, कोहीले केही पनि नपाउने देखिएको छ । कहाँ कसरी वितरण गर्ने विषयमा कुनै संयोजन नहुँदा पहुँच राख्न नसक्ने दुरदराजका बस्ती र गरिब जनतामा राहत पुग्न सकेको छैन ।’ नेता आचार्यले भने, ‘राहत वितरणमा समन्यायिक वितरण गर्न आवश्यक छ । प्शासन र अन्य निकायमा ध्यान दिनु जरुरी छ ।’

यसैगरी राहत वितरण गर्न जाने संघसंस्था तथा सहयोगिहरुले एकै प्रकृतिको सामान वितरण गरिरहेका छन् । प्रभावित जनताले भने आवश्यकताका आधारमा सहयोग गरिदिए हुन्थ्यो भन्ने चाहना राखेका छन् ।

नेता आचार्यका अनुसार, सहयोगी हातहरु बढेपनि स्थानिय जनताले स्थानियको माग र आवश्यकता पहिचान गरी सहयोग पाए दाताहरुको रकम समेत सहि सदुपयोग हुने बताएको जानकारी दिए । धेरैले चिउरा चाउचाउ बाँडेका छन् । तर औधिमुलो । गर्भवती, बृद्ध र बालबालिकालाई विशेष सहयोग चाहिने भएकोले बस्ती पहिचान गरी सोही आधारमा सहयोग आव्हान गर्न आचार्यले सुझाव दिए ।

अहिले राम्रो सहयोग छ तर अब प्रशासनले अवस्थाको समीक्षा गरि अघि बढन उनले सुझाव दिए । नेता आचार्यलगायत दर्जनौ युवाहरुको टोलि प्रभावित क्षेत्रमा खटिएका छन् ।

कमेन्ट गर्नुहोस्