प्रचण्ड पर्सामाः ‘सरकारले राहत प्रकृया अगाडि बढाउने भनिसकेको छ’

पर्सा, चैत १९ । बारा–पर्सामा आएको हावाहुरीका कारण भएका क्षतिको निरीक्षण गर्न पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राहत प्रकृया अगाडि बढाउन लागेको प्रतिक्रिया दिएका छन् ।

पर्सास्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाइतेहरुलाई भेटेर फर्केपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राहत तथा उद्धारको काम राम्रोसँग चलिरहेको तथा उपचार पनि राम्रो भइरहेको प्रतिकृया दिए । उनले आफूहरुले राहतको विषयमा छलफल गरिरहेको बताउँदै सरकारले राहतको प्रकृया अगाडि बढाउने कुरा भनिसकेको छ चाँडै नै पीडित परिवारले राहत पाउने प्रतिक्रिया दिए ।

आइतबार राती हावाहुरीका कारण क्षति भएका ठाउँलाई निरीक्षण गर्न अध्यक्ष प्रचण्ड मंगलबार त्यहाँ पुगेका छन् । हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । ८ जना घाइतेको उपचार काठमाडौमा भइरहेको छ भने अरु बाँकीको उपचार बारा र पर्साको अस्पतालमा भइरहेको छ । समान्य चोटपटक लागेकालाई डिस्चार्ज गरी पठाईसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: