आइपीएलः विराट भर्सेस रहाणे, कसको टिम बलियो?

काठमाडौं, चैत १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा (मंगलबार) राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन् । यी दुई टिमबीचको भिडन्त साँझ ८ः१५ बजेदेखि राजस्थानको घरेलु मैदान जयपुरमा हुँदैछ । जारी लिगमा दुवै टोली पहिलो जितको खोजीमा छन् ।

भारतीय क्रिकेट कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंग्लोर र युवा स्टार अजिंक्या राहणे कप्तान रहेको राजस्थानसँग एक से एक स्टार खेलाडी छन् । तर, नतिजा अपेक्षाकृत निस्कन सकेको छैन । दुवै टिमले यसअघि तीन–तीन खेल खेलेका छन् । तर, तीनै खेलमा पराजित भएका छन् ।

अंकतालिकामा राजस्थान सातौं र बैंग्लोर आठौं स्थानमा छन् । यी दुई टिमले अहिलेसम्म आइपीएलमा १९ पटक एकअर्कासँग प्रतिस्पर्धा गरेका छन् । यसका ९ खेलमा राजस्थान र ८ खेलमा बैंग्लोरले जीत हात हासिल गरेको छ । यसरी विगत हेर्ने हो भने राजस्थान बलियो देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: