आफ्नै बहिनीको शव बोरामा बोकेर हिँडेका दाजुभाइ पक्राउ

चितवन, चैत १९ । आफ्नै बहिनीको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् । गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित गणेश चोकमा शव बोकेर हिँडीरहेका बेला उनीहरुलाई पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  किशोरी बलात्कार आरोपमा कैलालीका एकसहित पाँचजना पक्राउ

प्रहरीले चेकजाँच गर्ने क्रममा बोरा भित्र किशोरीको शव भेटेको थियो । घटनाबारे थप अनुसन्धान गर्दा उक्त शव अरु कसैको नभएर उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको भएको खुल्न आएको प्रहरीले बताइएको छ । बहिनीले सलको पासो लगाएर आत्महत्या गरेको र दाहसंस्कारका लागि लैजान लागेको बयानका क्रममा दाजुभाइले बताएका छन् ।

याे पनि पढ्नुस  प्रहरी नै मोटरसाइकल चोरीमा सक्रिय, तीन प्रहरी पक्राउ

दाससंस्कारका लागि दुइजना दाजुभाई मात्र हिँडेकाले शंका उत्पन्न भएको भन्दै प्रहरीले दाजुभाइलाई पक्राउ गरि आवश्यक छानविन अगाडी बढाएको छ।

कमेन्ट गर्नुहोस्