यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटः अन्तिम नामावली सार्वजनिक, को–कोले पाए मौका?

काठमाडौं, चैत १९ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटका लागि नेपाली टिमको अन्तिम नामावली सार्वजनिक गरिएको छ । जसमा ४ जना नयाँ खेलाडीले टिममा मौका पाएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको १४ खेलाडीमा हरिबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा मौका पाएका हुन् ।

कप्तानमा रोहितकुमार पौडेल, अभिशेक बस्नेत, भीम सार्की, हरीबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आशिफ शेख, पवन सराफ, प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा र शूर्य तामाङ रहेका छन । नेपालले यो प्रतियोगिताका लागि अप्रिल ६ तारिखमा मलेसिया प्रस्थान गर्नेछ ।

कमेन्ट गर्नुहोस्