एउटा कमजोर विद्यार्थी कसरी बने विश्वप्रसिद्ध? यस्तो छ जर्ज बर्नाडको जीवन

हेमन्त खतिवडा । विश्व साहित्यमा जर्ज बर्नाड शाको स्थान उच्च छ । शा सन् १८५६ मा बेलायतको डब्लिनमा जन्मेका थिए । स्कुलमा उनी त्यति राम्रो विद्यार्थी थिएनन् । उनी भन्थे– ‘म एकदम निकम्मा विद्यार्थी थिएँ तर साहित्य रुचाउँथे । हुन पनि उनी १० वर्षको उमेरमै साहित्यप्रति यति आकर्षित भएका थिए कि शेक्सपियरका अधिकांश किताव र बाइबलका पङ्क्ति खरर्र भन्न सक्थे ।’

शा २० वर्षको हुँदा उनकी आमा छोरीसित बस्न लन्डन गइन् र संगीतकी शिक्षिका भइन् । शाले आफू कार्यरत अफिसमा भ्रष्टाचार भएको हाकिमहरूले गरिबको पैसा थुतेको देखे अनि त्यहाँ काम छोडेर आमाको साथ उनी पनि लण्डन हानिए ।

जर्ज बर्नाड शाको परिवारको आर्थिक स्थिति राम्रो थिएन । अध्ययनप्रतिको रुचि भएर पनि उनले चौध वर्षको उमेरमा स्कुल छोड्नुपर्योर जीविकोपाजनका लागि उनले काम गर्न थाल्न पऱ्यो । कमबाट फुर्संद निस्कने वित्तिकै उनी पुस्तकालय पुग्थे । अनि स्वतन्त्र अध्ययनमा डुब्थे । कहिले आर्ट ग्याालेरीहरू पुग्थे, गीत संगीत सुन्थे । बाबुले सानोतिनो व्यापार गर्न थाले, आमा सङ्गीतकी ज्ञाता थिइन् । उनैबाट सङ्गीत सिके ।

सुरुमा उनी मानिसहरूका सामु बोल्न डरााउँथे । भन्थे– ‘मेरो घुँडा थरथर हुन्थे, ओठहरू काम्थे, छाती छेडेर मुटुबाहिर आउला जस्तो हुन्थ्यो, आत्तिन्थेँ । डराउँथेँ ! के कुरा भन्न खोज्थेँ सबै बिर्सन्थेँ अनि आफूभित्रै ग्लानी महशुस गर्थें ।’ तर, यिनै शा पछि प्रथम दर्जाका वक्ता भए । कैयौं सभा र कार्यक्रममा सबैका प्रिय वक्ता भए । शा २० वर्षको हुँदा उनकी आमा छोरीसित बस्न लन्डन गइन् र संगीतकी शिक्षिका भइन् । शाले आफू कार्यरत अफिसमा भ्रष्टाचार भएको हाकिमहरूले गरिबको पैसा थुतेको देखे अनि त्यहाँ काम छोडेर आमाको साथ उनी पनि लण्डन हानिए ।

जीवनशीली फेरिन थाल्यो । माछा–मासु खान छोडे । ‘मासु खानेहरूभन्दा म दस गुणा बलियो हुन्छु । सागपात र पानीले जीवनलाई लम्ब्याउँछ’, उनी भन्थे । हुन पनि उनी बलियो र फुर्तिलो भए । उनले न रक्सी खाए न चुरोट उनको मस्तिष्कको तेज पनि बन्दै गयो । १८८४ मा उनले कार्ल माक्र्स पढे, अनि फेवियन सङ्घमा लागे ।

लेखक बन्ने उनको ठूलो सपना थियो । निरन्तर लेख्न थाले, उपन्यकाहरू लेखे तर उनका उपन्यास प्रकाशकहरूले अस्वीकार गरिदिए । शाहले लेखनलाई निरन्तरता भने दिइरहे, लेखिरहे । अब उनले दिनमा पाँच पाना लेख्ने प्रण गरे । उनी भन्थे– ‘म केही न केही लेखिरहन्छु, निरन्तर कोर्दै लेख्दै गरिरहन्छु ।’ कहिल्यै नथाक्ने गरेर उनले निरन्तर अभ्यास गरे । यसपछि भने उनले सफलताको स्वाद चाख्ने बेला थियो । उनका सिर्जनाहरू अब राम्रा बन्न थाले । प्रकाशकहरूले उनका कृतिहरू लिन थाले । बर्नाड शा जब सफल हुन लागे उनको जीवनमा पनि परिवर्तन देखिन थाल्यो ।

कैयौं सभा र कार्यक्रममा सबैका प्रिय वक्ता भए । शा २० वर्षको हुँदा उनकी आमा छोरीसित बस्न लन्डन गइन् र संगीतकी शिक्षिका भइन् । शाले आफू कार्यरत अफिसमा भ्रष्टाचार भएको हाकिमहरूले गरिबको पैसा थुतेको देखे अनि त्यहाँ काम छोडेर आमाको साथ उनी पनि लण्डन हानिए ।

जीवनशीली फेरिन थाल्यो । माछा–मासु खान छोडे । ‘मासु खानेहरूभन्दा म दस गुणा बलियो हुन्छु । सागपात र पानीले जीवनलाई लम्ब्याउँछ’, उनी भन्थे । हुन पनि उनी बलियो र फुर्तिलो भए । उनले न रक्सी खाए न चुरोट उनको मस्तिष्कको तेज पनि बन्दै गयो । १८८४ मा उनले कार्ल माक्र्स पढे, अनि फेवियन सङ्घमा लागे । आफ्नो विलक्षणता देखाउन थाले । आमसभाहरूमा उनका भाषण सुन्ने जो–कोही मन्त्रमुग्ध हुन्थे । एकपल्ट एउटी राम्री युवतीले उनीसँग बिहेको प्रस्ताव राखिन् ‘तपाईंको मगज र मेरो रुप मिलेपछि हामी राम्रो र ज्ञानी बच्चा पैदा गर्न सक्छौँ । शाले तुरुन्त उत्तर दिए– ‘मानिलेउ, त्यो बच्चाले मेरो रुप र तिम्रो मगज पायो भने ?’

२१ वर्षसम्म उनले निरन्तर नाटक लेखे । धेरै पैसा कमाएर धनी परिवारकी युवतीलाई बिहे गरे । भन्नेहरू उनका नाटकलाई कट्मेरो मन्थे तर तिनै अङ्ग्रेजी आलोचकहरू शालाई अंगे्रजी नाटकका एकशक्तिशाली हस्ती मान्न बाध्य भए ।

बर्नाड शाले आफ्नो लेखनयात्रालाई निरन्तरता दिन थाले, पैसा पनि कमाउन थाले । सन् १८८५ मा नाटक र संगीतका समीक्षाहरू लेखे । उनका व्यङ्ग्यात्मक लेखहरू पनि पाठकहरू खोजीखोजी पढ्थे । त्यसपछि उनले नाटक लेख्दै गए, नाटकबाट उनले प्रसिद्धि प्राप्त गर्दै गए । १८९४ मा उनले आम्र्स एन्ड द म्यान (हतियार र मान्छे) लेखे । यो नाटक मञ्चन गरियो । नाटकले अपार सफलता पाएपछि उनलाई सम्मान गर्न मञ्चमा बोलाइयो ।

साहस, आत्माविश्वास र लगातार मिहिनेतले एउटा कमजोर विद्यार्थी विश्वप्रसिद्ध बन्न पुगे । सन् १९२५ मा उनले नोबेल पुरस्कार पनि पाए तर उनले पुरस्कारको पैसा लिएनन् । साहित्यमा लागेर उनले प्रशस्त पैसा कमाउ ।

२१ वर्षसम्म उनले निरन्तर नाटक लेखे । धेरै पैसा कमाएर धनी परिवारकी युवतीलाई बिहे गरे । भन्नेहरू उनका नाटकलाई कट्मेरो मन्थे तर तिनै अङ्ग्रेजी आलोचकहरू शालाई अंगे्रजी नाटकका एकशक्तिशाली हस्ती मान्न बाध्य भए । सेन्ट जोनले नाटकको संसार बदलिदियो, मानवतापे्रमीको रुपमा उनी उभिए । साहस, आत्माविश्वास र लगातार मिहिनेतले एउटा कमजोर विद्यार्थी विश्वप्रसिद्ध बन्न पुगे । सन् १९२५ मा उनले नोबेल पुरस्कार पनि पाए तर उनले पुरस्कारको पैसा लिएनन् । साहित्यमा लागेर उनले प्रशस्त पैसा कमाउ । ब्रिटेनको सरकारबाट अर्डर अफ मेरिट्बाट पनि सम्मानित भए । जनताका प्रिय पात्र बन्न पुगेका शाले सन् १९५० मा यस संसारबाट बिदा लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: