भिनाजुसँगको प्रेम प्रसंगका कारण श्रीमानको हत्या

रुपन्देही, चैत १९ । बुटवलमा गएको हप्ता भएको हत्यामा श्रीमतीको संलग्नता देखिएको खुलासा भएको छ । नाताले आफ्नै भिनाजुसँगको प्रेम झाँगिदै गएपछि ३२ वर्षीया साहिन खानले भारत बेतियाका ४२ वर्षीय भिनाजु साधिर हुसेनलाई प्रयोग गरी श्रीमानको हत्या गराएको खुलासा भएको हो । गएको बुधबार साँझ बुटवल १ गढिटोल नजिकै काठेपुलमा ४५ वर्षीय फिरोज खानको गोली हानी हत्या भएको थियो ।

खानको हत्यापछि अनुसन्धान केन्द्रित गरेको प्रहरीले अन्ततस् फिरोजकै छोराहरु १० वर्षीय रेहान र ९ वर्षीय आरिषले दिएको बयानका आधारमा अभियुक्त पत्ता लगाउन सकेको हो । साहिनले हत्याको बेला आफू कोठाभित्रै रहेको प्रारम्भिक बयान दिएकी थिइन् । तर छोराहरुले आफूहरुलाई थुनेर मम्मी बाहिर गएको बताएपछि सामान्य शंका मात्रै गरिरहेको प्रहरीले श्रीमतीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । मोबाइलमा रहेको कल डिटेलबाट नै हत्याको थप रहस्य खुलेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

प्रहरीका अनुसार फिरोज कामबाट फर्कने बेला साधिर र श्रीमती साहिनले बाटोमा कुरेर बसेका थिए । प्रहरी प्रमुख थापाका अनुसार फिरोज आएपछि साधिरले अंकमाल गरेजस्तै गरेर फिरोजमाथी गोली प्रहार गरे । गोली लागेर गम्भीर घाइते भएका फिरोजलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: