आइपीएलः रोकिएन बैंग्लोरको विकेट पतन

काठमाडौं, चैत १९ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत टस हारेर ब्याटिङको मौका पाएको रोयल च्यालेन्जर्स बैंग्लोरले तेस्रो विकेट गुमाएको छ । उसले तेस्रो विकेटका रुपमा सिमरोन हिटमायरलाई गुमाएको हो । उनलाई श्रेयस गोपालले १ रनमा आउट गरे ।

यसअघि, उनले नै विराट कोहलीलाई २३ र एबी डीविलियर्सलाई १३ रनमा आउट गरेका थिए । गोपालले आज घातक बलिङ गरेका छन् । उनले ३ ओभरमा ३ विकेट लिँदै मात्र ८ रन दिएका छन् ।

यसअघि, पहिलो विकेटका रुपमा विराट कोहलीलाई पनि गोपालले नै २३ रनमा आउट गरेका थिए । यो समाचार तयार पार्दासम्म विराटको बैंग्लोरले १३.२ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ९३ रन बनाएको छ ।

लगातार तीन खेलमै पराजित भएका यी दुई टोली आज पहिलो जीतका लागि भिड्दै छन् । बैंग्लोरमा विराट कोहली र राजस्थानमा आजिंक्य रहाणे कप्तान छन् । आजको खेलमा बैंग्लोरले ३ र राजस्थाले २ खेलाडी परिर्वतन गरेको छ । विराटको टिमले राजस्थान विरुद्धको खेलमा अक्षदीप नाथ, नवदीप सैनी र कार्मस स्टोइनिसलाई मौका दिएको दिएको छ । उनीहरुले शिवव दुवे, कोलिन डी ग्रेण्डहोम र प्रयास रे बर्मनको स्थानमा मौका पाएका हुन् ।

यता रहाणे यो वर्षको आइपीएलमा पहिलो शतक प्रहार गर्ने सञ्जु स्यामसन र बलर जयदेव उनद्कटलाई विश्राम दिएको छ । घाइते भएका कारण सञ्जुले आज टिममा स्थान नपाएका हुन् । उनदकट र सञ्जुको स्थानमा स्टुअर्ट बिनी र वरुण आरोनले मौका पाएका छन् ।  यस्तो छ पूरा टिम–

राजस्थान रोयल्सः अजिंक्य रहाणे (कप्तान), कृष्णप्पा गौतम, श्रेयस गोपाल, स्टुअर्ट बिन्नी, राहुल त्रिपाठी, बेन स्टोक्स, स्टीव स्मिथ, जोस बटलर (विकेटकीपर), जोफरा आर्चर, धवल कुलकर्णी, वरुण एरोन ।

रोयल च्यालेन्जर्स बैंग्लोरः विराट कोहली (कप्तान), एबी डि विलियर्स, पार्थिव पटेल (विकेटकीपर), मार्कस स्टोइनिस, शिमरोन हेटमेयर, उमेश यादव, युजवेन्द्र चहल, मोहम्मद सिराज, मोइन अली, अक्षदीप नाथ, नवदीप सैनी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: