प्रहरीमा नयाँ दरबन्दी थपेर आधुनिकीकरण गर्नुपर्छः गृहमन्त्री थापा

काठमाडौं, चैत १९ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आन्तरिक सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय आन्तरिक सुरक्षालाई बढी ख्याल गर्नुपर्ने अवस्था आएको भन्दै गृहमन्त्रीले अहिलेको जनशक्तिले त्यो सुरक्षा चुनौतीलाई धान्न नसक्ने बताएका हुन् ।

गृहमन्त्रालयमा २०७५-७६ को दोस्रो चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मंगलबार गृहमन्त्री थापाले, ‘अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै छ। कि प्रहरीको संख्या थप्नुपर्छ, कि उनिहरूलाई आधुनिकीकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिन्छ।’

सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकले मात्रै विकासमा फड्को मारिरहेको भन्दै विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको उनको भनाइ थियो।

त्यसैगरी कामको नियमित रूपमा अनुगमन गरी काम नगर्नेहरूलाई कारबाही गर्न गृहमन्त्रीले मातहतका निकायलाई निर्देशन दिएका छन। उनले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न पनि निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: