उल्भरह्याम्टनसँग म्यानचेस्टर पराजित, गुमायो तेस्रो स्थानमा उक्लिने मौका

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग पराजित भएपछि तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा झरेको युनाइटेड उल्भरह्याम्टनसँग दुई एकले पराजित भयो । अवे खेलमा गुनरको प्रशिक्षणमा रहेको युनाइटेडले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १३ औं मिनेटमा फ्रेडको पासमा स्कट म्याक्टोम्नेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता धेरै बेर टिक्न सकेन ।

खेलको २५ औं मिनेटमा डिएगो जोटाले उल्भ्सका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा युनाइटेड १० खेलाडीमा झर्न पुग्यो । उसका एस्ले योङ दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिए । त्यसपछि ७७ औं मिनेटमा स्मलिङले आत्मघाती गोल गरेपछि घरेलु टिम उल्भ्स दुई एकले विजयी भयो । यो हारले युनाइटेड केहि समयका लागि भएपछि शीर्ष तीनमा उक्लने मौका गुमायो । उसको ३२ खेलबाट ६१ अंक भएको छ ।

कमेन्ट गर्नुहोस्