विराट पत्नी अनुष्का गर्भवती

काठमाडौं, चैत २० । भारतीय अभिनेत्री तथा भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहोली पत्नी अनुष्का शर्मा गर्भवती भएको खुलासा भएको छ। अनुष्काले लामो समयदेखि गर्भवती भएको विषयलाई लुकाएको भारतीय संचार संस्था डिएनएको दाबी छ। गर्भवती भएकै कारण अनुष्काले हाल कुनै चलचित्रमा हस्ताक्षर नगरेको जनाइएको छ।

याे पनि पढ्नुस  आइसिसीद्वारा कोहली वर्षकै उत्कृष्ट खेलाडी घोषित

हालै अनुष्काकाको फोटोसुटका तस्बीरहरु सार्वजनिक भएका थिए। डिएनएका अनुसार अनुष्काले उक्त फोटोसुट पहिलै गरेका थिए। यतिबेला उनी आफ्नो स्वास्थ्यमा ध्यान दिइरहेकी छन्। यद्यपी अनुष्काले आफ्नो गर्भवती अवस्थाबारे कसैसँग खुलाएकी छैनन् । हाल विराट कोहली इंडिएन प्रिमियर लिग क्रिकेटमा व्यस्त छन्। उनी रोयल च्लालेन्जर्स बैंगलोरबाट खेलिरहेका छन् । अनुष्का र विराटको विवाह सन् २०१७ को डिसेम्बर ११ तारिखमा भएको थियो।

याे पनि पढ्नुस  कप्तान विराटले सचिन तेन्दुलकरको रेकर्ड तोडेको खेलमा भारतले निकाल्न सकेन जित

कमेन्ट गर्नुहोस्