रोनाल्डो नहुँदाको खेलमा युभेन्टसको शानदार जित

एजेन्सी । चोटका कारण क्रिस्टियानो रोनाल्डो अनुपस्थित भएको खेलमा युभेन्टसले काग्लीयरीमाथि २–० गोलको जित हात निकालेको छ । इटालियन सिरी ‘ए’अन्तर्गत मंगलबार राति भएको खेलमा युभेन्टसलाई जित दिलाउन लियोनार्डो बोनुचि र मोइस केनले गोल गरेका थिए ।

युभेन्टसले २२ औं मिनेटमा बोनुचीको गोलमा अग्रता लिएको थियो । त्यसपछि ८५ औं मिनेटमा केनले गोल गर्दै युभेन्टसको जित सहज बनाएका थिए । उपाधि नजिक रहेको युभेन्टसले जितसँगै ३० खेलबाट ८१ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको नापोलीको ६३ अंक छ । तेस्रो स्थानमा रहेको इन्टर मिलानको ५३ अंक छ । युभेन्टससँग हारेको काग्लीयरी ३३ अंकसहित १३ औं स्थानमा छ । मंगलबार राति नै भएको अर्को खेलमा उडिनेस र मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

कमेन्ट गर्नुहोस्