आइपीएलः चेन्नई र मुम्बईको भिडन्त आज, यस्तो छ विगत

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मुम्बईमा साँझ ८ः१५ बजे देखि शुरु हुँदैछ ।

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले ३ खेलमा तीनै खेल जित्दै शीर्ष स्थानमा रहँदा रोहित शर्मा कप्तान रहेको मुम्बई ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ । अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ । जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: