पाकिस्तानले किन लगायो आइपीएल प्रशारणमा प्रतिबन्ध? यस्तो छ कारण

काठमाडौं, चैत २० । पाकिस्तानले भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपीएल० को प्रशारणमा प्रतिबन्ध लगाएको छ । भारतले आफ्नो देशको क्रिकेटमा नोक्सान पुर्याएको भन्दै पाकिस्तानले मंगलबारदेखि आइपीएल प्रशारणमा प्रतिबन्ध लगाएको हो । पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले पत्रकार सम्मेलन मार्फत आफ्नो आइपीएल प्रशारणमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

याे पनि पढ्नुस  शिखर धवन दिल्ली डेयरडेविल्सबाट खेल्ने

उनका अनुसार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानमा आइपीएल प्रशारणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सूचना मन्त्री चौधरीले आइपीएलको प्रशारण प्रतिबन्ध लगाउनको मूल कारण आफनो देशको क्रिकेटमा भारतले पुर्याएको नोक्सान रहेको बताए । उनले भने, ‘भारतले पाकिस्तानको क्रिकेटमा नोक्सान पुर्याउन संगठित प्रयास गरेको छ । र, हाम्रो देशमा भारतको घरेलु लिगको प्रचार गरेर कुनै फाइदा छैन ।’

याे पनि पढ्नुस  आइपीएलः डेब्यू खेलमै शून्य रनमा आउट, विराटको टिमलाई लगातार झड्का

यसअघि, भारतले पनि पाकिस्तान सुपर लिग (पीएसएल) को प्रशारणमा प्रतिबन्ध लगाएको थियो । पुलुवामा हमालाका कारण भारतले पीएसएल प्रशारणमा प्रतिबन्ध लगाएको थियो ।

कमेन्ट गर्नुहोस्