बुधबार बजारमा सुन कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं, चैत २० । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै मंगलबार तेजावी सुन ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: