धनगढी उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले एकदिनको तलब हावाहुरी पीडितलाई दिने निर्णय

धनगढी, चैत २० । धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले एकदिनको तलव रकम पर्सा र वाराका हावाहुरी पीडितलाई दिने निर्णय गरेको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको बताए ।

उनले भने, ‘संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म हो ।’ नगरप्रमुख वडले पर्सा र वाराका हावाहुरी पीडितका लागि जे जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशिल संघसंस्थाहरु संग आग्रह समेत गरेका छन् ।

धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधी र कर्मचारीहरु झण्डै ३ सयभन्दा बढी रहेका छन् । नगरप्रमुख वडका अनुसार एकदिनको तलवमात्रै हावाहुरी पीडितलाई दिएमा अढाई लाखभन्दा बढी हुन जान्छ । नगरप्रमुख वडले बुधवार नै प्रक्रिया अगाडी बढाउन लेखालाई निर्देशन दिएको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: