जनमन अभियानलाई सफल बनाउनुहोस्ः सभापति शाह

धनगढी, चैत २० । नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले पार्टीले सुरु गरेको ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ अभियान सफल बनाउन आग्रह गरेका छन् ।

जिल्ला पार्टी कार्यालय कैलालीमा आयोजना गरेको नेता कार्यकर्ता भेलामा बोल्दै पार्टी सभापति शाहले यस्तो आग्रह गरेका हुन । सभापति शाहले बस्तीसम्म पुगेर जनताका सुझावहरु संकलन गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । औपचारिकतामात्रै होइन प्रतिवेदनसहित सुझाव, गुनासाहरु जिल्ला कार्यसमितिमा बुझाउनुपर्छ सभापति शाहले भने, ‘कामको पार्टीले मुल्यांकन समेत गर्ने छ ।’

नेपाली कांग्रेस कैलाली धनगढी उप–महानगरपालिकाका नगर सभापति नृपबहादुर वडले निर्धारित समयमा अभियान पूरा गर्ने गरी काम भइरहेको बताए । उनले भने, चैत २९ गतेभित्र धनगढीका सबै वडामा सभाहरु सम्पन्न हुने कार्यतालिका बनाएका छौं ।

नेपाली कांग्रेसको यो अभियान फागुन अन्तिम साताबाट सुरु भएको थियो भने आगामी चैत ३० गते पुरा गर्ने कार्यतालिका थियो । अधिकांश ठाउँमा भेला, छलफल सम्पन्न भइसकेको कांग्रेस कैलालीले जनाएको छ । नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान थालेको थियो ।

नेपाली कांग्रेस कैलालीका सभापति शाह मुनका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: