धनी–गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई प्रचण्डको सुझाव

काठमाडौं, चैत २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले धनी र गरिवबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका छन्। उनले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

याे पनि पढ्नुस  राजनीतिको कखरा यहीँ सिकेको हाे : प्रचण्ड

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषद् बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षणसमेत गराए।

अध्यक्ष प्रचण्डले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्। पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ।

याे पनि पढ्नुस  मुलुकको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण छः प्रचण्ड

उनले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह समेत गरे।उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने पनि बताए।

कमेन्ट गर्नुहोस्