विप्लव नेकपाका गाउँपालिका इञ्चार्जले गरे आत्मसमर्पण

रामेछाप, चैत २० । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रापेछापको खाँडादेवी गाउँपालिका घर भई सुनापति गाउँपालिकाका इञ्चार्ज रहेका लोकबहादुर रानामगरले जिल्ला प्रशासन कार्यालयमा रामेछापमा आएर आत्मसमपर्ण गरेका छन् । उनले आज शासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

पछिल्लो समयमा विप्लव समूहले राज्यविरुद्ध चालेको कदम र त्यस पार्टीले गरेका विभिन्न गतिविधिहरु आफूलाई सन्तोषजनक नलागेकाले आजैदेखि लागू हुने गरि पार्टी छोडेर आफू स्वतन्त्र बस्न चाहेको उजले बताए । जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर मगरले आत्मसमपर्ण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

प्रजिअ शर्माले भने, ‘विप्लव समूहमा लागेका अन्य व्यक्ति पनि आत्मसमपर्ण गरेर सहज रुपमा जीवनयापन गर्न चाहन्छन् भने उनीहरु पनि कार्यालयमा आएर आत्मसमपर्ण गर्न सक्छन् ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: