ब्राबाेले आज एक विकेट लिए बनाउने छन् यस्तो कीर्तिमान

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा बुधबार साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । चेन्नई अहिलेसम्म खेलेका ३ खेलमै जीत हासिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । यता मुम्बई भने तीनमा २ खेल हार्दै सातौं स्थानमा छ । यसकारण आज मुम्बई पूरै शक्तका साथ मैदानमा उत्रिदैं छ ।

आजको खेलमा एक नयाँ रेकर्ड बन्ने सम्भावना छ । त्यो रेकर्ड बनाउने सक्ने खेलाडी हुन् वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राबो अर्थात् डीजे ब्राबो । उनले आज एक विकेट लिन सके नयाँ इतिहास रच्ने छन् । मुम्बईविरुद्ध ब्राबोले अहिलेसम्म २७ विकेट लिएका छन् । हालसम्म मुम्बईविरुद्ध कुनै तीव्र गतिका बलरले यति ठूलो संख्या विकेट लिएका छैनन् ।

कस्तो इतिहास रच्दै छन् ब्राबो?
ब्राबोले आइपीएलमा चेन्नईबाट खेल्दै आफ्नो नाममा ९९ विकेट दर्ता गराइसकेका छन् । यदि आजको खेलमा उनले एक विकेट लिएमा १०० विकेट आफ्नो नाममा बनाउने छन् । र, ब्राबो चेन्नईबाट १०० विकेट लिने पहिलो बलर बन्ने छन् । उनी अहिले शानदर फर्ममा पनि छन् । जारी सिजनमा ब्राबोले ३ खेलमा ६ विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: