आइपीएलः धोनीको टिमले टस जित्यो, के खेल पनि जित्ला आज?

काठमाडौं, चैत २० । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि मुम्बईमा हुँदैछ ।

महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईले ३ खेलमा तीनै खेल जित्दै शीर्ष स्थानमा रहँदा रोहित शर्मा कप्तान रहेको मुम्बई ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै अंक तालिकाको छैठौं स्थानमा छ । अहिलेसम्म यी दुई टिमबीच २६ पटक भिडन्त भएको छ । जसमा मुम्बईले १४ र चेन्नईले १२ खेल जितेको छ ।

आज मुम्बईमा मिचेल मैकक्लेनघन र मयंक मार्कण्डेको स्थानमा जोसन बेहरेनड्रफ र राहुल चाहरलाई मौका दिइएको छ । यस्तै, धोनीको टिमले एक खेलाडी परिर्वतन गरेको छ । उसले मिचेल सेन्टनरको स्थानमा मोहित शर्मालाई स्थान दिइएको छ । यस्तो छ पूरा टिम

चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), अम्बाती रायडू, शेन वाटसन, सुरेश रैना, केदार जाधव, रविन्द्र जडेजा, ड्वेन ब्रावो, दीपक चहर, शार्दूल ठाकुर, इमरान ताहिर, मोहित शर्मा ।

मुम्बईः रोहित शर्मा (कप्तान), क्विंटन डीकक (विकेट कीपर), सूर्यकुमार यादव, युवराज सिंह, किरण पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या, जेसन बेहरेनड्रफ, राहुल चाहर, लसिथ मलिंगा, जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: