आइपीएलः ब्रावोले बनाए नयाँ कीर्तिमान

काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा साविक विजेता चेन्नई सुपर किंग्सका महत्वपूर्ण अलराउन्डर डीजे ब्रोवोले नयाँ रेकर्ड बनाएका छन् । मुम्बईविरुद्ध अहिलेसम्म २८ विकेट लिँदै उनले नयाँ रेकर्ड बनाएका हुन् ।

हालसम्म कुनै पनि बलरले विपक्षी टिमविरुद्ध २८ विकेट लिन सकेका छैनन् । ब्रावोले बुधबार सूर्यकुमार यादवलाई आउट गर्दै यस्तो रेकड बनाउन सफल भए । यस्तै, उनले आइपीएलमा १०० विकेट पनि पूरा गरेका छन् ।

ब्रावो चेन्नईबाट १०० विकेट लिने पहिलो तीव्र गतिको बलर बनेका छन् । उनले नयाँ कीर्तिमान बनाए पनि चेन्नई भने ३७ रनले पराजित भयो । मुम्बईले दिएको १७१ रनको लक्ष्इ पछ्याएको चुन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: