यसैवर्ष उपत्यकाको ४ शहरको डीपीआर, कहाँ–कहाँ बन्नेछन् नयाँ शहर?

काठमाडौं, चैत २१ । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआ) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो ।चार वटा नयाँ शहरकोे डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी क्षेत्रफल, ललितपुरको खोकना बुगमती दस हजार रोपनी र काठमाडौंमा दस हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण डिपिआर निर्माणको काम अगाडि बढेको छ । भण्डारीले डिपिआरबाट प्राप्त हुने रिपोर्टको आधारमा ल्याण्डपुलिङ मार्फत नै काम अगाडि बढाइने उनले बताए ।

पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जानेबाटोसम्म फैलिने छ । त्यसैगरी उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्ने छ ।

अरनिको राजमार्गको सूर्यवनायक चोकदेखि मन्दिरसम्म त्यहाँबाट सूर्यविनायकको जङ्गललाई बाहिर पार्दै शहर निर्माण हुनेछ । पश्चिममा शहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमानालाई छुने छ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जङ्गल छेउ, अनन्त लिङगेश्वर, फेदी तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: