रियल मड्रिड भ्यालेन्सियासँग पराजित, जिदान फर्किपछि रियलको पहिलो हार

काठमाडौं, चैत २१ । ला लिगामा सिजनमा रियल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ । बुधबार राति रियलले भ्यालेन्सियासँग उसकै मैदानमा पराजित भएको हो । जिनेदिन जिदानको पुनरागनपछि रियल पहिलो पटक पराजित भएको हो । रियल मड्रिडले ला लिगाको यसअघिका दुई सिजनमा ब्यहोरेको हारभन्दा बढी यसपटकको एकै सिजनमा ब्यहोरेको छ ।

पहिलो हाफमा गोन्कालो गुडेसको गोलमार्फत घरेलु टोली भ्यालेन्सियाले अग्रता बनाएको थियो । उनले खेलको ३५ औं मिनेटमा गोल गरेका थिए । इजेक्वेल गारायेले ८३ औं मिनटमा हेडमार्फत दोस्रो गोल फर्काएपछि रियलको हार निश्चित बन्यो । खेलको इन्ज्यूरी समयमा करिम बेन्जेमाले गोल गरी अग्रता छोट्याएका थिए ।

लिगमा ८ खेल बाँकी छँदा रियल तेस्रो स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनासँग १३ अंकले पछि छ । रियलको ३० खेलबाट ५७ अंक छ । यसैगरी भ्यालेन्सिया पाँचौं स्थानमा उक्लिएको छ र उसको ३० खेलबाट ४६ अंक छ । तेस्रो स्थानको गेटाफेभन्दा १ अंकले पछि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: