कार्डिफमाथि म्यानचेस्टरको शानदार जित, पुनः शीर्ष स्थानमा उक्लियो सिटी

काठमाडौं, चैत २१ । म्यानचेस्टर सिटीले कार्डिफ सिटीमाथि शानदार जीत निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई २–० गोलले हराउँदै शानदार जीत निकालेको हो । यो जीतसँगै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमासमेत उक्लिएको हो।

म्यानचेस्टरका लागि पहिलो गोल डी ब्राउनले गरे भने दोश्रो गोल लिरोय सानोले गरेका थिए। जितपछि शीर्षस्थानमा पुगेको म्यानचेस्टर सिटीको ३२ खेलबाट ८० अंक भएको छ ।

दोस्रो स्थानमा झरेको लिभरपुलको उसको भन्दा १ अंक कम छ। त्यस्तै रेलिगेशनको खतरामा रहेको कार्डिफको २८ अंक छ । लिगमा ६ खेल बाँकी रहेको अवस्थामा उपाधिका लागि म्यानचेस्टर सिटी र लिभरपुलबिच कडा प्रतिस्पर्धा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: