विश्वकपः केन विलियम्सनको कप्तानीमा न्यूजिल्याण्ड क्रिकेट टिम घोषणा

काठमाडौं, चैत २१ । इंग्ल्याण्डमा हुने आईसीसी विश्वकप क्रिकेटका लागि न्यूजिल्याण्डले टिमको घोषणा गरेको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले ३० मे देखि १४ जुलाईसम्म आयोजना हुने विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केन विलियम्सनको कप्तानीमा घोषणा गरिएको टिममा टम ब्लेडलले डेब्यू गर्ने भएका छन् ।

यसअघि राष्ट्रिय टिमबाट कुनै पनि प्रतियोगिता नखेलेको विकेट किपर ब्याट्सम्यान ब्लेडलले यसपाली सिधै विश्वकपमा डेब्यू गर्ने मौका पाएका हुन् । टिम सिफर्ट घाइते भएपछि ब्लडेलले मौका पाएका हुन् ।

यसैगरी न्यूजिल्याण्ड टिमका नियमित सदस्य रहेका तिव्र गतिका बलर डग ब्रेसबल अन्तिम १५ सदस्यीय टोलीमा अटाएका छैनन् । प्रशिक्षक गेरी कस्टनले विश्वकप जस्तो ठूलो प्रतियोगिताका लागि खेलाडी छनोट गर्नु ठुलो चुनौती रहेको बताएका छन् । न्यूजिल्याण्डले पहिलो खेल जुन १ तारिखमा श्रीलंकाविरुद्ध खेल्ने छ । यसैगरी १३ जुनमा न्यूजिल्याण्ड र भारतका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।

न्यूजिल्याण्डको टिमः

केन विलियम्सन (कप्तान) मार्टिन गुप्टिल, रस टेलर, टम लाथम, कलिन मुनरो, हेनरी निकोलस, र टम ब्लेडल (विकेट किपर)जिमी नीशम, मिशेल सेंटनर, कलिन डी ग्रेडहोम, लकी फर्गुसन, टीम साउथी, ईश सोढी र मेट हेनरी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: