प्रदेश नं २ मा एसईईको प्रश्नपत्र आउट गर्ने दोषीलाई बिहीबार दिउँसो सार्वजनिक गरिँदै

काठमाडौं, चैत २१ । माध्यमिक शिक्षा परीक्षा )एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश नं. २ मा बाहिर्‍याउने अभियुक्तहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गर्दै छ ।

एसईईको प्रश्नपत्र लगातार दुई दिन बाहिरिए पछि प्रदेश नं.२ मा सामाजिक र विज्ञान विषयको परीक्षा स्थगन गरिएको थियो ।

यसै विषयलाइ लिएर विद्यार्थीहरू आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।लगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश नं.२ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए ।

त्यस्तै घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार दिउँसो २ः३० बजे एक पत्रकार सम्मेलन आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गर्ने जनाएको छ । न्यूज२४बाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: