चलचित्र ‘कलंक’ को ट्रेलर सार्वजनिक, अप्रिल २७ मा रिलिजको तयारी

मुम्बई, चैत २१ । बलिउड चलचित्र ‘कलंक’ को ट्रेलर सार्वजानिक भएको छ ।

यो चलचित्र अभिषेक बर्मनको हो । अभिनेता वरुण धवन, आलिया भट्ट, आदित्य राँय कपूर, सोनाक्षी सिंहा, माधुरी दीक्षित र संजय दत्तका मुख्य भुमिकामा बनेको यो चलचित्रको ट्रेलर बुधबारमात्र सार्वजनिक भएको हो ।

चलचित्रमा कुणाल खेमू पनि एक अहम भुमिकामा देखिएको छ । ट्रेलरको शुरुआत आलियको डायलगबाट भएको छ । जसमा उनको फैसलाले कयौँको विनाश हुने उनी बताउँछिन् । आलिया विवाहीत राँय कपूरसंग विवाहा गरेकी हुन्छ । अदित्यकी श्रीमति सोनाक्षी रहेको ट्रेलरमा देखाएको छ । आलिया पनि वरुण धवनलाई मायाँ गर्छिन् ।

आगामी अप्रिम २७ मा चलचित्र प्रदर्शन हुँदैछ । अभिनेता वरुण धवन, आलिया भट्ट, आदित्य राँय कपूर, सोनाक्षी सिन्हा, संजय दत्त, माधुरी दीक्षित लगायतका कालकारहरुको अभिनय छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: