प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफल

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले बिहीबार बिहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरे । छलफलमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताएका छन् । नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए ।

याे पनि पढ्नुस  प्रदेश २ मा केपी अाेली र उपेन्द्रले मिलेर सरकार चलाउने !

‘कार्यक्रमहरू नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्नुपर्दछ । कुनैपनि कार्यक्रम एउटामात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले भने, ‘उनले बजेट र योजनाहरुको डुप्लिकेसन नहोस् भन्नका लागि प्रधानमन्त्रीले राष्ट्रिय समन्वय परिषदको बैठक आगामी वैशाख १२ र १३ गतेलाई बोलाउने भनेका छन् ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीद्वारा नेपाली स्थायी नियोग निरीक्षण

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद्को अघिल्लो बैठकले पास गरेका २९ बुँदेको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुले यसअघि अन्तरप्रदेश समन्वय परिषद बैठकले निर्णय गरेका २९ बुँदे कार्यायोजना कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाएका छन् ।

याे पनि पढ्नुस  आज बालुवाटारमा ११ बजे ओली–प्रचण्डबीच निर्णायक वार्ता

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यमन्त्रीहरुले जारी राष्ट्रिय विकास परिषदको बैठक र त्यसमा समेट्नुपर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् । आगामी बजेटमा प्रदेशलाई ३३ प्रतिशत बजेट छुट्याउनु पर्ने २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताए । रासस

कमेन्ट गर्नुहोस्