आइपिएलः दिल्लीले हैदरावादलाई दियो १३० रनको लक्ष्य

काठमाडौं, चैत २१ । इन्डियन प्रिमियर लिगको बिहीबारको खेलमा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटलले हैदरावाद सनराइर्जसलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ।

घरेलु मैदान फिरोज शाह कोटला मैदानमा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ४३ रन, अक्षर पटेलले २३ रन र क्रिश मोरिसले १७ रन बनाउनुका अलवा अन्य ब्याट्सम्यान हैदरावादका बलरसामू टिकेर खेल्न सकेनन्।

हैदरावादका लागि भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्धार्थ कौलले समान २-२ विकेट लिएका थिए। रसिद खान र सन्दीप शर्माले एक-एक विकेट लिएका थिए। अबको केहीबेरमा हैदरावाद जवाफी ब्याटिङ गर्नेछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: