आईपीएलः दिल्ली क्यापिटल्सको तेस्रो हार

काठमाडौं, चैत २२ । जारी आईपीएलमा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको छ । जितपछि ५ खेलबाट ८ अंक बनाएको हैदराबादले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्लीको भने यो तेस्रो हार हो ।

दिल्लीले दिएको १ सय ३० रनको लक्ष्य हैदराबादले इनिङको ९ बल बाँकी छँदै पूरा गर्योे । हैदराबादका ओपनर जोनी बेरिस्टो र डेभिड वार्नरले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे ।

बेरिस्टोले २८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ४८ रन बनाउँदा वार्नरले १० रन बनाए । विजय शंकरले १६ रन बनाए भने मनिस पाण्डे र दीपक हुड्डाले समान १० रन जोडे। मोहम्मद नाभीले १७ रन बनाए ।

यता बलिङतर्फ दिल्लीका सन्दीप लामिछाने, कागिसो रावाडा, अक्सर पटेल, इसान्त शर्मा र राहुल तेवाटियाले एक–एक विकेट लिए । यसअघि फिरोज साह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको सामान्य योगफल तयार पारेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: