मुम्बईले चेन्नई सुपर किङ्सलाई हराउदै रच्यो इतिहास

काठमाडौं, चैत २२ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले इतिहास रचेको छ । बुधबारको खेलमा चेन्नई सुपर किङ्सलाई हराउदै मुम्बईले इतिहास रचेको हो ।

वान्खडे स्टेडियममा भएको खेलमा मुम्बईले जित निकाल्दै आईपीएलमा १०० म्याच जित्ने पहिलो टिम बनेको छ । मुम्बईले जारी सिजनमा १५ वटा म्याच जितीसकेको छ । यो उसका लागि ऐतिहासिक उपलब्धी हो । मुम्बईले सन् २००८ देखि हालसम्म १७५ म्याच खेलेको छ । जसमा १०० मा जित निकालेको छ । दास्रो नम्बरमा चेन्नई सुपर किङ्स रहेको छ । उसले १५२ म्याचमा ९३ म्याच जितेको छ ।

गएरातीको खेलमा साबिकको बिजेता चेन्नई सुपर किङ्गसले पहिलो हार व्यहोरेको हो । मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । मुम्बईले दिएको १७१ रनको लक्ष्य पछाएको चेन्नईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई छैटौं स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ । चेन्नई दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्