जेट एयरवेज कम्पनिका १६ हजार कर्मचारी तलबविहीन

काठमाडौं, चैत २२ । ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’

याे पनि पढ्नुस  विमान अपहरणको धम्की दिने सल्लालाई जन्मकैद सहित पाँच करोड जरिवाना

जेट एयरवेजका अधिकारी राहुल तनेजाले भनेका छन्, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि  काम गरिरहेको छ । यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ । यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । हामी लगातार यसलाई ठिक गर्ने प्रयासमा लागिपरेका छौँ । वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।’ यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

याे पनि पढ्नुस  विमानभित्र अचानक यात्रुहरूको नाक र मुखबाट रगत बग्न थालेपछि (भिडियो सहित)

कमेन्ट गर्नुहोस्