अत्यधिक पानी पिउँदा शरीरलाई पर्छ यस्तो असर

 काठमाडौं, चैत २२ । पानी स्वास्थ्यका लागि आवश्यक पदार्थ हो । तर आवश्यकताभन्दा बढी पानी पिउँदा मोटोपन बढ्न सक्छ । सामान्यतया मानिसहरू पानी पिएपछि तौल घट्छ र बोसो पग्लिन्छ भन्छन् । यो कुरा ठीकै हो ।

चिकित्सकहरूका अनुसार, स्वस्थ व्यक्तिले दिनमा चार लिटर जति पानी पिउनुपर्छ । जिम गरेपछि, अभ्यास गरेपछि, बढी मेहनत गरेपछि अनि गर्मीमा पानीको मात्रा बढाउनुपर्छ । तर दिनदिनै ६ लिटर जति पानी पिउन थाल्दा स्वास्थ्यमा खराब असर पर्छ ।

शरीरमा बोसो जम्मा हुन थालेपछि हाम्रो तौल बढ्छ । जमेको बोसोका कोशिकाहरूमा पानी पनि हुन्छन् । यस्तो अवस्थामा आवश्यकताभन्दा बढी पानी पिउँदा मिर्गौलाले शरीरबाट पानी निकाल्न सक्दैन । अनि त्यो बाँकी पानीले शरीरमा इलेक्ट्रोलाइटको सन्तुलन बिगार्छ । त्यसले गर्दा शरीरमा पानी जम्मा हुन्छ र तौल बढ्छ । यो पानी शरीरबाट निस्कन २४ घन्टा लाग्छ । तर दिनदिनै पगितो पानी पिउँदा मोटोपन बढ्छ ।

बढी सोडियम र कम पोटेसियम सेवन गर्दा बढी प्यास लाग्छ । नून सोडियमबाट बनेको हुन्छ र धेरै नूनिलो खाने मानिसलाई बढी प्यास लाग्छ । नूनले कोशिकाहरूबाट पानी बाहिर निकाल्छ । तपाईंले धेर नूनिलो खाने गर्नुभएको छ भने तपाईंका कोशिकाले मस्तिष्कलाई छिटोछिटो प्यास लागेको संकेत पठाउँछ । यो सामाग्री लोकान्तर डटकमबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: