गजलः बिताउनु छ अनिदो भई, गजलका बहरसँगै !

गाह्रो भयो रात काट्न, सम्झनाका लहरसँगै
बिताउनु छ अनिदो भई, गजलका बहरसँगै !

कल्पना आउँछौ सधैंभरि, नमिठो त्यो याद बनी
सिध्याउँझै लाग्छ जीवन, आफैंलाई जहरसँगै !!

जहाँ मायाको कदर हुन्न, रहनुको अर्थै छैन
बिदा मागी छोडिदिए, जिन्दगीको सहरसँगै !!!

पगाल्नलाई कोसिस गरे, ढुङ्गाको त्यो मुटु रैछ
यथार्थमा एक्लै बाँच्छु, बाध्यताको कहरसँगै !!!

याे पनि पढ्नुस  दशैँ-दीपावलीको गजल (भिडियो सहित)

छट्पटीमै हुन्छ बिहान, जुनताराले छाडिजान्छ
त्यसैगरी छुट्छ यो साथ, सपनाको लहरसँगै !!!

विद्या भण्डारी ‘आँशु’
सामाखुसी

कमेन्ट गर्नुहोस्