चितवनमा एकै परिवारका तीनै जनाले गरे आत्महत्या

चितवन, चैत २२ । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलमा एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या एकै ठाउँमा आत्महत्या गरेका छन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३–१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११–१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए। उनीसहितको प्रहरी टोली अहिले घटनास्थलमा छ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौँमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरी झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीको आशंका छ। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: