पोप फ्रान्सिसः मेस्सीलाई भगवान नभन्नुहोस्, यसो गर्नु भनेको ईश्वरको अपमान गर्नु हो

एजेन्सी । अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीका संसारभरी करोडौं प्रशंसक छन् । मेस्सीलाई उनीहरुले भगवान कै सम्मान दिन्छन् । तर उनलाई भगवान भनिएकोमा भ्याटिकन सिटीको क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसलाई चित्त बुझेको छैन ।

पोप फ्रान्सिसले मेस्सी एक शानदार खेलाडी हुन् तर उनलाई भगवान भन्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘यसो गर्नु भनेको भगवानको अपमान गर्नु हो । ’

मेस्सी १० नम्बरको जर्सी लगाउँछन् त्यसकारण प्रशंसकले उनलाई डायोस (स्प्यानिशमा भगवान) भनेर सम्बोधित गर्छन् । एक स्प्यानिश टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फ्रान्सिसले भनेका छन्, ‘मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन्, यो भावनालाई प्रदर्शित गर्ने तरिका हुनसक्ला । यो ‘म तपाईंमाथि श्रद्धा राख्छु’ भन्ने एउटा तरिका पनि हुनसक्ला । तर पूजा त भगवानको मात्रै हुनसक्छ ।’

‘मेस्सी मानिस पनि होइनन्ः

मेस्सीलाई भगवान भन्न नहुने पोपको अभिव्यक्तिमा प्रशंसकहरु रुष्ट छन् । एक प्रयोगकर्ता एपेक्सले लेखे, ‘मेस्सी भगवान होइनन् तर उनी मानिस पनि हुनसक्दैनन् ।’

एक अन्य प्रयोगकर्ता तांकेद्री पाल्मेरीले भने, ‘म पोपको कुरासँग सहमत छु । मेस्सी भगवान होइनन् । भगवानको अस्तित्व छ भन्ने कुराको मेस्सी जिउँदो प्रमाण हुन् ।’

चार विश्वकप खेलिसकेका छन् मेस्सीः

मेस्सीले अर्जेन्टिनाका लागि एक सय २९ म्याच खेलेका छन् । यो क्रममा उनले ६५ गोल हाने । उनले चारवटा विश्वकप खेलिसकेका छन् तर अहिलेसम्म आफ्नो टीमलाई विश्व च्याम्पियन बनाउन सकेनन् । यस्तै, उनको टीमले उनी हुँदा नै चारपटक कोपा अमेरिका हार्यो । क्लब म्याचमा मेस्सीको रेकर्ड उत्कृष्ट छ । उनले स्पेनको बार्सिलोनाका लागि ४४६ खेलमा ४१५ गोल हाने । उनले पाँच पटक फिफा ‘बेलेन डी’ओर’ अवार्ड जितिसकेका छन् । तीनपटक युरोपको बेस्ट फुटबलर पनि छानिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: