जडीबुटीमा फेरि अर्काे ट्रिपर दुर्घटनाः एकको मृत्यु, दुईजना घाइते

भक्तपुर, चैत २२ । शुक्रबार बिहान २ बजेतिर भक्तपुरको जडीबुटी स्थित पेट्रोल पम्पअगाडि स्कुटरलाई ट्रिपरले ठक्कर दिँदा सिन्धुलीको भिमान घर भएका बालकृष्ण कार्कीको मृत्यु भएको छ ।

कार्की सवार बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई नम्बर नखुलेको टिपरले ठक्कर दिएर भागेको हो ।

स्कुटरमा रहेका अन्य दुई जना घाइते भएका छन्। सर्लाहीका जुनबहादुर आचार्य र रौतहटका भरत कार्की घाइते भएको प्रहरीले जनाएको छ । ठक्कर दिएको टिप्परको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार पनि जडीबुटीमै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: