शुक्रबार घोडेजात्राको दिन उपत्यका बिदा, टुँडिखेलमा घोडेजात्रा भव्यरुपमा मनाइँदै

काठमाडौं, चैत २२ । चैत कृष्ण औंशीका दिन शुक्रबार काठमाडौंको टुँडिखेलमा परम्परागतरुपमा घोडेजात्रा पर्व भव्यरुपमा मनाइँदै छ। सरकारले जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

जात्राको अवसरमा नेपाली सेनाले आज दिउँसो २ बजेपछि काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम लगायतको प्रदर्शन हुने सैनिक निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  करको दायरामा मात्र वृद्धि हुँदा समस्या

टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि त्यसको अत्याचारबाट मुक्ति पाउन घोडाको टापले कुल्चिने परम्पराले घोडे जात्राको रुप लिएको जनविश्वास छ । यसैकारण प्रत्येक वर्ष चैत कृष्ण औंशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

याे पनि पढ्नुस  चैत ३० देखि वैशाख ३ गतेसम्म २१ औँ पुष्प मेला

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरको पाटनमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

कमेन्ट गर्नुहोस्